गुराँस लघुवित्तको नाफा २८ लाख ५३ हजार, खराब कर्जा घट्यो, प्रतिसेयर आम्दानी कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गुराँस लघुवित्तको नाफा २८ लाख ५३ हजार, खराब कर्जा घट्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीको मुनाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४१ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ५९ लाख ३८ हजार रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो आवको भन्दा १७.१४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त नाफा ६ करोड ७५ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन नाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँ पुगेकोछ । अघिल्लो आवको सोहि अवधिमा भने उक्त नाफा ६६ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष १.४० प्रतिशतले बढेर २ करोड ५ लाख ४० हजार, खराब कर्जा ०.३१ प्रतिशतले घटेर ४.६३ प्रतिशत रहेको छ ।

साथै, प्रतिसेयर आम्दानी भने १० रुपैयाँ २६ पैसाले घटेर २.८१ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्