साधना र सबैको लघुवित्त एक आपसमा मर्जरमा जाने « Arthapath.com
१७ भाद्र २०८०, आईतवार

साधना र सबैको लघुवित्त एक आपसमा मर्जरमा जाने



काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जरमा जाने सम्झौता गरेको छ । मर्जरका लागि शुक्रबार दुबैं कम्पनीले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरमा जाने भएसँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका छन् । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखा र सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ र सबैकोको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ


प्रतिक्रिया दिनुहोस्