प्रतिकित्ता ५०० रुपैयाँमा नै उन्नति सहकार्य लघुवित्तको सेयर किन्ने मौका « Arthapath.com
५ आश्विन २०८०, शुक्रबार

प्रतिकित्ता ५०० रुपैयाँमा नै उन्नति सहकार्य लघुवित्तको सेयर किन्ने मौका



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्र्फको ४ हजार ९६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मुल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले आवश्यक कागजात संकलन गरी असोज १४ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्