महुली लघुवित्तले ४ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न भएको छ । कम्पनीले एफपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।