नाडेप लघुवित्तको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा ऋणात्मक, इपिएसमा समेत पहिरो « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

नाडेप लघुवित्तको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा ऋणात्मक, इपिएसमा समेत पहिरो



काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो चौमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट आएको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ९५.८४ प्रतिशतले घटेर ५ लाख १० हजारमा खुम्चिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड २२ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत २७.२८ प्रतिशतले ओरालो लागेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ करोड १४ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त आम्दानी ५ करोड १९ लाख २२ हजार रुपैयाँमा सिमित भएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको संचालन नाफामा भारी गिरावट आएको छ । कम्पनीको संचालन नाफा ९९.३१ प्रतिशतले घटेर १ लाख १३ हजार रुपैयाँमा सिमित भएको हो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ८९ लाख ३१ हजार रुपैयाँ ऋणत्मक, चुक्तापूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ, जगेडा कोष २८ करोड ४९ लाख १६ हजार रुपैयाँ र खराब कर्जा ६.५६ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६६ पैसाले घटेर ०.४२ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्