धौलागिरी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

धौलागिरी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.२५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्