खराब कर्जा चुलिदा जनउत्थान सामुदायिक लघुवित्त १ करोड २६ लाख ऋणात्मक, अधिकांश सूचक ओराला « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

खराब कर्जा चुलिदा जनउत्थान सामुदायिक लघुवित्त १ करोड २६ लाख ऋणात्मक, अधिकांश सूचक ओराला



काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी १ करोड २६ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ७६ लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८० लाख ४८ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७२.५३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ करोड ९२ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनी चालु आर्थिक वर्षको तिन महिनामा संचालन नाफा २ करोड ३२ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.६२ प्रतिशतले बढेर ९.३० प्रतिशत, चुक्तापूँजी १७ करोड ९१ हजार रुपैयाँ, जगेडा कोष १६ प्रतिशतले घटेर ९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८५ पैसा ऋणात्मक र प्रतिसेयर आम्दानी १५७ रुपैयाँ ७४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्