हेर्नुहोस्, यस्तो छ नेष्डो समृद्ध लघुवित्तको साधारण सभाको माईन्युट « Arthapath.com
१ मंसिर २०८०, शुक्रबार

हेर्नुहोस्, यस्तो छ नेष्डो समृद्ध लघुवित्तको साधारण सभाको माईन्युट



काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा सम्पन्न भएको छ ।

साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र वैंकले १७ दशमलव ९३४२ प्रतिशत मात्र लाभांश स्वीकृति गरेको थियो । साधारण सभाले सो लाभांश संशोधन गरेर १५ प्रतिशत वनाएको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फवाट तत्काालिन प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरी संस्थाको आर्थिक वर्ष २०७८।७९ को लेखा परीक्षण प्रतिवेदन लगायतका वित्तिय विवरणहरुलाई संशोधन सहित पारित गरेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७९।८० को लेखा परीक्षण गर्नका लागि सिविवि एण्ड एशोसिएट्रसलाई चयन गरि ४ लाख रुपैया पारिश्रमिक तोकेको छ । सभाले अन्य संस्थासंग गाभ्ने गाभिने मर्जर तथा प्राप्तिको ढोका खुल्ला राख्ने भन्दै सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । यसैगरी संस्थाको पुँजि वृद्धिका लागि १ अनुपातमा दुई अग्राधिकार शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्