समता घरेलु लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
३ मंसिर २०८०, आईतवार

समता घरेलु लघुवित्तको ४५ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४५ हजार ६९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर ३ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्