महिला लघुवित्तको मुनाफा १ करोड ८ लाख, वितरणयोग्य नाफा र इपीएस कति ? « Arthapath.com
३ मंसिर २०८०, आईतवार

महिला लघुवित्तको मुनाफा १ करोड ८ लाख, वितरणयोग्य नाफा र इपीएस कति ?



काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ३१.९९ प्रतिशतले घटेर १ करोड ८ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड ५९ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड १४ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.८७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको उक्त आम्दानी ७ करोड ७५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनाका कम्पनीको संचालन नाफा ३१.९९ प्रतिशतले घटेर १ करोड ५५ लाख ४५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २ करोड २८ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ७१ लाख ५३ हजार नोक्सानमा, चुक्तापूँजी २१ करोड ७५ लाख ६२ हजार, जगेडा कोष ९.१९ प्रतिशतले बढेर २२ करोड ५४ लाख रुपैयाँ, सापटी २ अर्ब ६९ करोड ८ लाख रुपैयाँ र खराब कर्जा २.१५ प्रतिशतले बढेर ४.९२ प्रतिशत पुगेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३८ पैसाले घटेर २० रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ७ पैसा रहेकोछ ।


प्रतिक्रिया दिनुहोस्