फरवार्ड लघुवित्त ११ करोड ९ लाख रुपैयाँ ऋणात्मक, इपीएस समेत नोक्सानमा, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
३ मंसिर २०८०, आईतवार

फरवार्ड लघुवित्त ११ करोड ९ लाख रुपैयाँ ऋणात्मक, इपीएस समेत नोक्सानमा, कस्ता छन् अन्य सूचक ?



काठमाडौँ । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवतरण अनुसार कम्पनीका अधिकांश सूचनामा पहिरो गएकोछ ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी ११ करोड ९ लाख ८५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६ करोड ५२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मकाृ अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.८१ प्रतिशतले घटेर २६ करोड ९५ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २९ करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको संचालन नाफा समेत ऋणात्मक रहेकोछ । कम्पनीको संचालन नाफा १० करोड ५१ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६० करोड ८८ लाख रुपैयाँ, चुक्तापूँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ, जगेडा कोष १ अर्ब १४ करोड रुपैयाँ, खराब कर्जा ३.६५ प्रतिशतले बढेर६.२५ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ६ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्