गणपति लघुवित्तको शाखा प्रबन्धकहरुको लागि अनलाईन तालिम सम्पन्न
काठमाडौँ । गणपति लघुवित्तवित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभागद्वारा शाखा प्रबन्धकहरुको लागि संचालित एक दिवसीय अनलाईन तालिम मंसिर २२ गते शुक्रबार सम्पन्न भएको छ ।
सदस्यता त्यागः नीति , प्रकृया, कार्यान्वयनको अवस्था तथा केन्द्र मर्जर बिषयक तालिमको प्रशिक्षण तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले दिएका हुन् । मंसिर २२ गते बिहान ११ बजे देखि दिउसो ३ः३० बजेसम्म संचालित उत्त तालिमको आवश्यकता र महत्त्वबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले आफ्नो धारणा राख्नुहुँदै पुर्ण कार्यान्वयनको अपेक्षा लिएको बताए ।
तालिमको बिषयसंग सम्वन्धित जिज्ञासा र प्रश्नहरुको समाधानका लागि लेखा तथा वित्त विभाग प्रमुख सुरज सापकोटा र सोही विभागका रविन्द्र प्रसाद महतो, कर्जा विभाग प्रमुख मनोज खड्का र सुचना प्रविधी विभागका शालिग्राम पौडेलले सम्बन्धित विषयहरुमा उठेका प्रश्न, समस्या र जिज्ञासाहरुको जवाफ दिए ।
जम्मा ५० जनाको सहभागिता रहेको उक्त अनलाईन तालिमपछि संस्थाका बरिस्ठ प्रबन्धक श्री रविन्द्र कुमार न्यौपाने केसीले समिक्षात्मक मन्तव्य राखे । संस्थाले कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको र आगामी दिनमा थप तालिमहरु संचालन गर्ने योजना लिएको छ ।