साना किसान विकास लघुवित्तको साधारण सभा पुष २९ गते, बुक क्लोज कहिले ? « Arthapath.com
५ पुष २०८०, बिहीबार

साना किसान विकास लघुवित्तको साधारण सभा पुष २९ गते, बुक क्लोज कहिले ?



काठमाडौँ । साना किसान विकास लघुवित्तले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट २ जना र संस्थापक समूहबाट ४ जना सञ्चालक पनि नियुक्ति गर्नेछ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्