महुली लघुवित्तले पनि लाभांश नदिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।
कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।