समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्दैछ । त्यसका आधारमा आज अर्थात् चैत १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।