महुली लघुवित्तलाई एफपीओ जारी गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड महुली लघुवित्तलाई थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न अनुमति दिएको छ ।
योसँगै अब संस्थाले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्नेछ ।
लघुवित्तले एफपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।