विजय लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

विजय लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । विजय लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

संस्थाले ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

संस्थाको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्