साना किसान विकास लघुवित्तको १४ प्रतिशत लाभांश पारित
काठमाडौं । साना किसान विकास लघुवित्तको लाभांश पारित भएको छ । मंगलबार सम्पन्न २३औं वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश पारित गरेको हो ।
यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि०.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
गत आवमा कम्पनीले ९२ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १९.१८ प्रतिशत बढी हो । अघिल्लो आव २०७९–८० मा ७७ करोड ३५ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको कुल संचालन आम्दानी पनि ३१ प्रतिशत वृद्धि भई २ अर्ब १९ ४१ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।