महुली लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने « Arthapath.com
२५ पुष २०८१, बिहीबार

महुली लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने



काठमाडौं । महुली लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने भएको छ । सस्थाको पुष २४ गते बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८०/०८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको वितरण योग्य मुनाफालाई सञ्चित गरि राख्ने भएको छ।

साथै सञ्चालक समितिबाट पारित आ.व. २०८०/०८१ को वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतीको लागी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्