प्रतिकित्ता ७०० रुपैयाँमै महिला लघुवित्तको सेयर किन्ने मौका « Arthapath.com
२५ पुष २०८१, बिहीबार

प्रतिकित्ता ७०० रुपैयाँमै महिला लघुवित्तको सेयर किन्ने मौका



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले माघ २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग ठमेल काठमाडौंमा आइपुग्ने गरि दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्