कालिका लघुवित्तको १० प्रतिशत लाभांश पारित, अध्यक्षमा दोहोरिए क्षेत्री, संचालकमा कोको ? « Arthapath.com
२९ पुष २०८१, सोमबार

कालिका लघुवित्तको १० प्रतिशत लाभांश पारित, अध्यक्षमा दोहोरिए क्षेत्री, संचालकमा कोको ?



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । सोमबार पोखरामा सम्पन्न कम्पनीको १५औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश पारित गरेको हो ।

यो वर्षका लागि कम्पनीले आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । यस्तै, सभामा गत आव २०८०–८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
हालको चुक्ता पूँजी बढेर ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

साथै, उक्त साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा र गणेश पौडेल तथा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्