मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांश पारित, सञ्चालकमा पुडासैनी र अधिकारी निर्विरोध

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त सभाले ७.५ प्रतिशत बोनस सेयर पारित गरिएको छ ।
सभाले संस्थाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
नुवाकोटको बट्टारमा सम्पन्न सभाबाट सर्वसाधारण समुहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्री प्रसाद पुडासैनी र ज्ञानु कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्।