फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन खर्च घटेर ३ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ३६.८८ प्रतिशतले घटेर ११ करोड १४ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ३६.८८ प्रतिशतले घटेर १० करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।
१ अर्ब ३४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ६७.७० प्रतिशतले घटेर ३ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३० करोड १९ लाख रुपेयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा संस्थाको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। संस्थाको निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।