सिवाइसी लघुवित्तको लोभलाग्दो वित्तीय प्रगति, नाफा लगायतका सूचकमा कसरी आयो उछाल ? « Arthapath.com
२३ माघ २०८१, बुधबार

सिवाइसी लघुवित्तको लोभलाग्दो वित्तीय प्रगति, नाफा लगायतका सूचकमा कसरी आयो उछाल ?



काठमाडौं । सिवाइसी नेपाल लघुवित्तको नाफामा उछाल आएको छ । कम्पनीले नाफा शतप्रतिशत वृद्धि गरेको छ ।

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले ४ करोड ३१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १०४.५९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३२ प्रतिशत वृद्धि भई १७ करोड ४० लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १३७.५७ प्रतिशत वृद्धि भई ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । सोही कारण नै कम्पनीको खुद नाफा बढेको हो ।

हाल कम्पनीको वितरणयोग्य नाफा ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि झिनो सुधार देखिएको छ । गत आवको सो अवधिमा ४.७७ प्रतिशत रहेको थियो । तर, अहिले घटेर ४.३५ प्रतिशत कायम भएको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) पनि १६.५६ रुपैयाँ बढेर ३२.४० रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने २५१.७४ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने ३४ करोड ६५ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्