लगातर दुई वर्ष अभियान लघुवित्तका सेयरधनी निराश, यो वर्ष पनि लाभांश नदिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताको हात रित्तो भएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण पारित गर्दै कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको ।
योसँगै कम्पनीले लगातार दुई वर्ष सेयरधनी निराश बनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।