कालिका लघुवित्तले कमायो १० करोड ८० लाख : लाभांश क्षमता १५.१९ प्रतिशत, इपिएस कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीको खुद नाफा ३६.४२ प्रतिशत वृद्धि भई १० करोड ८० लाख रुपैयाँ कायम भएको छ । यता, खुद ब्याज आम्दानी पनि ५०.२९ प्रतिशत बढेर ३८ करोड १० लाख रुपैयाँ कायम भएको छ भने संचाल नाफा पनि ९५.८९ प्रतिशत बढेर १५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
कुल संचालन आम्दानी पनि ५४.९८ प्रतिशत बढेर ४३ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । यता, वितरणयोग्य नाफा ६ करोड १९ लाख रुपैयाँ कायम भएको छ । यसका आधारमा कम्पनीले गत आवको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई १५.१९ प्रतिशत लाभांश दिन सक्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ । जगेडा तथा कोषमा पनि ३५ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन पनि १९.८७ प्रतिशत बढेर १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा प्रवाह भने २४.३९ प्रतिशत बढेर ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।
खराब कर्जा दर पनि बढेर ४.६७ प्रतिशत पुगेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.४४ रुपैयाँ कायम भएको छ ।















