साढे ३ गुणा बढ्यो महुली लघुवित्तको नाफा : यो वर्ष ३३.५७ प्रतिशत लाभांश दिन सक्ने, इपिएस कति ? « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

साढे ३ गुणा बढ्यो महुली लघुवित्तको नाफा : यो वर्ष ३३.५७ प्रतिशत लाभांश दिन सक्ने, इपिएस कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख सुधार आएको छ । एकै वर्ष कम्पनीको नाफा साढे तीन गुणा बढेको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीको खुद नाफा ३.५५ गुणा वृद्धि भई ११ करोड ४५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ४३.०३ प्रतिशत बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संचालन नाफा पनि २३२.३३ प्रतिशत बढेर १६ करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा उछाल आएको हो । कम्पनीको वितरणयोग्य नाफा १२ करोड ४१ लाख ९६ हजार रुपैयाँ छ । यसका आधारमा कम्पनीले गत आवको मुनाफाबाट यो वर्ष आफ्‌ना सेयरधनीलाई ३३.५७ प्रतिशत लाभांश दिन सक्ने सामार्‌थ्य बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले जगेडा तथा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ राखेको छ । कम्पनी व्यवसायमा पनि दोहोरो अंकमा वृद्धि भएको छ ।

गत आवमा कम्पनीको निक्षेप १६.६० प्रतिशत वृद्धि भई ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि १४.५२ प्रतिशत बढेर ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । अधिकांश सूचकहरुमा व्यापाक सुधार गरेको कम्पनीको खराब कर्जा भने बढेको देखिन्छ । हाल कम्पनीको यस्तो कर्जा ४.८० प्रतिशत कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३०.९६ रुपैयाँ कायम भएको छ । जबकि, गत आवमा कम्पनीको यस्तो आम्दानी ९.९८ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.३९ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्