राष्ट्र बैंकले माग्यो लघुवित्तमा देखिएका समस्या समाधान गर्न सुझाव « Arthapath.com
१९ चैत्र २०७९, आईतवार

राष्ट्र बैंकले माग्यो लघुवित्तमा देखिएका समस्या समाधान गर्न सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न सुझाव माग गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समस्या समाधान गर्न चाल्न पर्ने कदमका सुझाव मागेको हो । राष्ट्र बैंकले मागको सुझाव वैशाख २० गते भित्र पठाउन सकिनेछ ।

राष्ट्र बैंकले भनेको छ,‘ आर्थिक अनुन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थामा देखिएको वर्तमान समस्या र समाधान गर्न समिति भएको छ । समितिले अध्ययन कार्य प्रारम्भ गरेको छ ।’


प्रतिक्रिया दिनुहोस्