राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र निष्कासन, आजदेखि आवेदन दिन सकिने « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र निष्कासन, आजदेखि आवेदन दिन सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन भएको छ ।

केन्द्रीय बैंकले आज अर्थात बैशाख १७ गतेदेखि ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । सो बचतपत्रमा आगामी जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

‘वैदेशिक रोजगार बचतपत्र, २०८५’ को अवधिमा पाँच वर्षको हुनेछ भने ब्याजदर ११ प्रतिशत रहेको छ । २०८५ जेठ २४ गते उक्त बचतपत्रको सावाँ भुक्तानी हुनेछ भने ब्याज ६–६ महिनामा पाइने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य–बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

‘बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन–दिन सकिने छ । इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।’ राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्