यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।

आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको देखिएको छ । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडलेबचतमा रहेको छ ।

साथै, कुल विदेशी विनिमय सञ्चिति रु.१,५७३ अर्ब १२ करोड र अमेरिकी डलरमा ११ अर्ब ८५ करोड रहेको छ । रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्