निषेधाज्ञा खुकुलो बनाउने तयारी « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

निषेधाज्ञा खुकुलो बनाउने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञा खुकुलो बनाईने भएको छ । भाद्र ४ गतेदेखी लगाईएको निषेधाज्ञा थप गर्दै भोली (२४ गते) सम्म लगाईएको छ । कोरोना संक्रमितको संख्यामा दैनिक बृद्धि भएपनि ब्यापारी तथा उद्योगीहरुले खोल्न माग गरेका छन् । यदि निषेधाज्ञा नहटाईमा व्यावसायीह?ले त्यसको उल्लंघन गर्ने चेतावनी दिएका छन् ।

उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद भईरहेको छ । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञलाई संभवतः खुकुलो बनाईने निर्णय गरिने छ । तर उपत्यका मेयर फेरमले भने दशैसम्म निषेधाज्ञा लगाउन माग गरेको छ । यसको बारेमा निर्णय भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्