मर्जरबारे बजार हल्लाभएपछि हिमालयन बैंकले निकाल्यो विज्ञप्ती, सुनिल थापाको संयोजकत्वमा बन्यो मर्जर कमिटि « Arthapath.com
१ पुष २०७७, बुधबार

मर्जरबारे बजार हल्लाभएपछि हिमालयन बैंकले निकाल्यो विज्ञप्ती, सुनिल थापाको संयोजकत्वमा बन्यो मर्जर कमिटि



काठमाडौं । नेपाल इएन्भेष्टमेन्ट बैंकसंग मर्जरको चर्चा चलेसंगै हिमालयन बैंकले आज मर्जर कमिटि बनाएको विज्ञप्ती निकालेको छ । बैंकले बुधबार मर्जर कमिटि बनाएको पनि जनाएको छ ।

हिमालयन बैंक संचालक समितिले संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको जनाएको छ । प्रतिस्प्रर्धि बजारमा अव्वल रहेको हिमालयन बैंक नातेदार रहेको नेपाल इन्भेष्टमेन्ट बैंक संग मर्जरको चर्चा चलेको छ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरेको जनाएको छ ।

हिमालयन बैंकले मर्जरको लागी उपयुक्त संस्था खोजी गर्ने त्यस संस्थाको अध्यायन विश्लेषणको कार्य गर्ने अधिकार मर्जर उपसमितिलाई दिएको छ । बैंकले संचार माध्यमहरुमा प्रसारित÷प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हाल सम्म कुनै पनि निर्णय नभएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्