चन्द्रागिरी केवलकारको १५ लाख ३४ हजार कित्ता आइपिओ आजदेखी खुला « Arthapath.com
२४ पुष २०७७, शुक्रबार

चन्द्रागिरी केवलकारको १५ लाख ३४ हजार कित्ता आइपिओ आजदेखी खुला



काठमाडौं । चन्द्रागिरी केवलकारको आईपिओ आजदेखी बिक्री खुला भएको हो । काठमाडौं को थानकोटमा अवस्थित चन्द्रागिरी हिल्सद्वरा संचालित केवलकारको आईपिओ विक्री खुला भएको हो ।
चन्द्रागिरीको आईपिओ आज शुक्रबारदेखी विक्री खुला भएको छ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आईपिओ बिक्री खुला गरेको हो । स्थानियलाई यसअघिनै सेयर वितरण गरेको कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयरका लागि आवेदन खुल्ला गरेको हो ।

कम्पनीले कर्मचारीहरुको लागि ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषहरुको लागि ७६ हजार ७०५ कित्ता सेयर छुट्याएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई वितरण गर्न लागेको हो । आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

पुष २४ गते शुक्रबार खुला भएको आइपिओ यही पुस २८ गते बन्द हुने चन्द्रागिरी हिल्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपिओ जारी प्रश्चात चन्द्रागिरी हिल्सको पुँजि एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्