कृषि विकास बैंक कृषि क्षेत्रको लिड बैंक बन्न गभर्नर अधिकारीको सुझाव « Arthapath.com
७ माघ २०७७, बुधबार

कृषि विकास बैंक कृषि क्षेत्रको लिड बैंक बन्न गभर्नर अधिकारीको सुझाव



कृषि बिकास बैंकको ५४ औँ बार्षिकोत्सवको अवसरमा कृषि बिकास बैंक हिजो र आज तुलना गर्न नमिल्ने गरि प्रगति भएकोे छ ।

बोनसको सुधार, इफिसेन्सी उत्पादनमा हिजोको दिनभन्दा आज फरक बैंकको रुपमा आइसकेको छ । तैपनी हामीले तुलना गर्ने भनेको अरु २६ बैंकसँग कहाँ हुनुहुन्छ भन्ने हो । हामीले हेर्दा निक्षेप संकलनमा ११ औँ बैंकको रुपमा, ऋण लगानीको सन्दर्भमा साइजको हिसावले आठौँ बैंकको रुपमा कृषि विकास बैंक रहेको छ । बिदेशी मुद्राको कारोबारको रुपमा सबैभन्दा तल छ । त्यसैगरि इफिसेन्सी र अरु बैंकको प्रतिस्पर्धामा तुलना गर्ने महत्वपूर्ण आधार बेसरेटमा २६ औँ बैंकका रुपमा छ । यस अगाडी गरिएका सबै कामहरुमा सुधारहरुको प्रसंशा गर्न चाहन्छु । हामीले अझै प्रतिस्पर्धि हुनुपर्ने धेरै छन् । यहाँहरुको प्रयास निरन्तर रहोस् ।

अरु बैंकहरुसँग प्रतिस्पर्धि हुनलाई थप काम गर्न अगाडी बढ्नुहुन्छ भन्ने आशा लिएको छु । नेपाल सरकारले आफ्नो बजेट बक्तव्यमार्फत र नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नितीमार्फत कृषिको ब्याजलाई केहि थप जिम्मेवारी र केहि विषयमा अग्रणी भूमिका निर्वाह गर्ने नीतिगत ब्यवस्था गरेका छौँ । त्यसको काम गरेर पनि देखाएको छ । आज उद्घाटनमा किसान क्रेडिट कार्ड र कृषि एप लञ्च गरियो ती कुरहरुलाई हामी फर्दर प्रभावकारी रुपमा कार्यान्वयन हुनेमा आशा लिएको छु । किसान कार्ड पाउने किसानले भरपुर प्रयोग गर्नेमा मैले बिश्वास लिएको छु । त्यसमा कुनै समस्या आएमा बैंकले तुरुन्तै समाधान गर्ने छ ।

नेपाल सरकारले लिएको नीतिमध्ये एउटा सहुलियतपुर्ण कर्जा र खासगरि कृषियोग्य कर्जामा कृषि बिकास बैंकको महत्वपूर्ण भूमिका छ । अहिले हेर्दापनि समग्र बैंङिक क्षेत्रमा कमर्सियल बैंकबाट भएको लगानीमध्ये २० प्रतिशत लगानी कृषि बिकास बैंकको छ । नेपाल सरकारले लिएको बजेट नीतिमा व्यवसयाय निरन्तरता कर्जामा पनि कृषि बिकास बैंकले भूमिका निर्वाह गर्ने आशा छ । नेपाल सरकारको बजेट बक्तव्य र राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भएको पुर्नकर्जाको विषय छ । जसमा कृषि विकास बैंकले यस अगाडी पनि राम्रारी आफ्ना ग्राहकहरुबाट एप्लिकेशन संकलन गरेर पेश गरेको थियो । यसको सहि सदुपयोग र प्रभावकारी कार्यान्वयनमा पनि बैंकले भूमिाका निर्वाह गर्ने छ । नेपाल राष्ट्र बैंकले लिएको अर्काे महत्वपूर्ण नीति खासगरि डिजिटल पेमेण्टलाई पश्रय दिइरहेका छौँ । जुन नेपाल सरकारको नीतिसँग आवद्ध भएर डिजिटल नेपाल फ्रेमवर्क लागु गरेको छ ।
वित्तीय क्षेत्र संवन्धित केही स्पेसिफिक एक्सन आइटम छन् जसभित्र हामीले कार्ययोजना अगाडी सारेका छांै । धेरैभन्दा धेरै विद्युतिय कारोबार होस् भन्ने हिसावले हाम्रो काम कारवाही अगाडी बढिरहेका छौं । जसको फलस्वरुप नगद कारोबार कम हुँदै जानेछ र समग्र सोसाइटीमा सुशान कायम हुनेछ । राष्ट्र बैंकले कृषि बिकास बैंकसँग अर्काे के आशा गरेको छ भने कृषिको लागि लिड बैंकको अग्रणी बैंक बनोस । त्यसका लागी रिसोर्स पुग्दैन भनेपनि कृषि फण्डको कन्सेप्ट पनि धितोपत्र बोर्ड र राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ । चाँडै नै यो फण्ड मार्फत थप रिसोर्सहरु संकलन गर्ने छ । हामीलाई आशा छ कृषि विकास बैंकमार्फत जे जति कर्जा, सापटि छ र अरु बैंकमार्फत जान सकिन्छ त्यो सापटिले हाम्रो अर्थतन्त्रमा उत्पादकत्व बढाउने, रोजगारी श्रृजना गर्ने, सर्वसाधारणको आय अभिबृद्धि गर्ने काममा ठूलो योगदान पुर्याउने छ ।

कृषि बिकास बैंकसँग भएको केहि पुर्वाधारहरु ट्रनिङसँग सम्वन्धित महत्वपूर्ण पुर्वाधारहरु कृषि बिकास बैंकसँग छन् ती पुर्वाधारहरु कोलाब्रेसनमा अरु बैंक तथा वित्तीय संस्था र कृषकहरुको तालिमका लागि प्रयोग गर्नकालागि एउटा मेकानिजम् बनाऔँ, त्यसलाई आधुनिक बनाउन सबै निकायले पनि साथ दिएपछि एउटा ट्रेण्डिङ सेण्टरका रुपमा विकास गरि देशभरि भएका पुर्वाधारको सदुपायेग गरौँ । यो बर्षको अन्त्यसम्म त्यो काम पनि बैंकले गर्ने छ ।

देशमा झण्डै २८ प्रतिशत जिडीपी योगदान कृषिले गरिरहेको छ । झण्डै एकतिहाई जनसंख्या कृषिमा निर्भर छ । हाम्रो चुलो कृषिबाट बल्छ । यस्तो ठाउँमा कृषिमा गरिने लगानीका अवसरहरु छन् । हाम्रा कृषि बजार पुरातन किसिमका छन् । कृषिलाई व्यावसायीक बनाउने हो भने ठूलो स्कोप छ । तर हामी पुरातन हिसावमा काम गरिरहेका छौँ । उद्यमी बनेर आएर क्रेडिटको माग हुनुपर्यो, फाइनान्सहरुले फाइनान्सीङ गर्ने हो । यति हुँदा हुँदै पनि कतिपय अवस्थामा हामीले एड्भोकेसी सँगसँगै र एडभाइजरी पनि कृषि बिकास बैंकले गर्नुपर्ने हुन्छ । काउन्सिलीङ पनि गर्नुपर्छ ।

कृषिमा धेरै ठूलो स्पेश छ । कृषिको लागि २७ वटा बैंकमा कृषि बिकास बैंक जति बिशिष्टकृत अरु कुनै छैन । कृषि विकास बैंकले रोयल्सी, ग्यारेण्टी वा अरु खालको विजनेसमा बल गर्नुभन्दा कृषिमा नै बल गर्नुपर्ने छ । किनकी आफ्नो कन्ट्रीब्यूसन त्यहाँ छ । त्यहि भित्रै ठूलो स्पेश भएकाले बैंकको भविष्य पनि राम्रो छ ।

(गभर्नर अधिकारीले कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आज आयोजित सभामा व्यक्त गर्नुभएको भाषणको सम्पादिन अंश)


प्रतिक्रिया दिनुहोस्