नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्ने, चुक्ता पूँजी साढे ३७ करोड पुग्ने « Arthapath.com
९ माघ २०७७, शुक्रबार

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्ने, चुक्ता पूँजी साढे ३७ करोड पुग्ने



काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने भएको छ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न दुई संस्थाबिच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्