ओली सरकारको अर्को सफलता ३ महिनाभित्र मेलम्ची काठमाडौंमा आइपुग्ने « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

ओली सरकारको अर्को सफलता ३ महिनाभित्र मेलम्ची काठमाडौंमा आइपुग्ने



काठमाडौं । प्रधानमन्त्री भएको ३ वर्षमा राष्ट्रिय गौरवका आयोजनामा विषेस ध्यान दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को सफलता मिलेको छ । करिव २५ वर्षभन्दाबढी काठमाडौं वासीले कुरेको मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया ओली सरकारले द्रुत गतीमा अघि बढाएको छ ।

संसद विघटन गरेको जनताको पक्षमा काम नगरेको भन्ने आरोप प्रधानमन्त्री केपी शर्मा ओलीमाथी लाग्दै आएपछि मेलेम्चीले सरकारको कद अझ बढ्नेछ ।

सोमबार मेलम्चीको पानी सुरुङमा पठाएर टेष्टिङ सुरु गरिएको थियो । परीक्षणका लागि सुरुङमा पानी पठाउने क्रममा खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापा आफै पुगेका थिए । अवको ३ महिनामा मेलम्चीको पानी काठमाडौंमा आयपुग्ने अभियानमा ओली सरकार लागिपरेको छ ।

आयोजनाको २६ किलोमिटर लामो सुरुङमा मेलम्चीको पानी पठाइएको छ । सुरुङ २ सातामा पानि भरिने जानकारी दिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्