ज्योति लाइफको आईपीओ निष्काशनको मिति २ दिन अगाडी सार्दै फागुन २१ गते खुला गरिने « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

ज्योति लाइफको आईपीओ निष्काशनको मिति २ दिन अगाडी सार्दै फागुन २१ गते खुला गरिने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँ बराबरको आईपीओ २१ गते निष्काशन गरिने भएको छ । यस अघि फागुन २३ गते निष्काशन गरिने भनिएको भएपनि २ दिनअगावै निष्कासन तथा बिक्री गरिने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

सीडीएससीको कारोबारको दिनमालोड पर्ने भएकाले शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिन अगाडि वा फागुन २१ गते शुक्रबारदेखि निष्कासन गर्न निर्देशन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्दै छ । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्