ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपिओ आजदेखी, कति कित्ता दिने आवेदन ? « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपिओ आजदेखी, कति कित्ता दिने आवेदन ?



काठमाडौं । पछिल्लो समय खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ सर्वसाधारणको लागी आजदेखी निष्काशन तथा विक्री खुल्ला भएको छ । कम्पनीले आज शुक्रबारदेखी ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणको लागी जारी गरेको हो ।

कम्पनीको चुक्ता पु“जी २ अर्व २० करोड रहेको छ । सो पु“जीको ३० प्रतिसत सेयर सर्वसाधारणको लागी छुट्याएको जनाएको छ । कम्पनीले एक सय रुपैया“ अंकित मूल्यको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । ज्योति लाइफलाई इक्रा नेपालले एनपीबिबि (आईएस) रेटिङ पाएको छ । जुन मध्याम स्तरको कम्पनी मानिन्छ ।

ज्योति लाइफको ६६ लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागी छुट्याएको छ । बा“की रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणले आजदेखी खुलेको सो सेयरमा पौष २७ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय सेयरमा अत्यधिक लगानीकर्ताको माग हुने हुनाले सर्वसाधारणले १० कित्ताको लागी मात्र आवेदन दि“दा उत्तम हुने सेयर बजारका विष्लेशकहरु बताउ“छन । ज्योति लाइफको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । बजारमा आक्रामक व्यावसाय गरिरहेको ज्योति लाइफको आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९, प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थ ९.५१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्