रु रु को आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरिँदै, कसरी हेर्ने आईपीओ रिजल्ट ? « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

रु रु को आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरिँदै, कसरी हेर्ने आईपीओ रिजल्ट ?



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आज शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड गरिने भएको छ । रु रु जलविधुतको आईपीओ भोलि शुक्रबार (वैशाख ३ गते) बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ८ः३० बजे बाँडफाँड गरिने छ ।

रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आईपीओमा ६२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

माग भन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथा बिधिबाट बाँडफाँड गरिने छ । आईपीओ बाँडफाँड गर्दा सबैलाई पर्ने गरि १० कित्ताका दरले बाँडफाँड गरिने छ । त्यसैले ३७ हजार ९१६ जनाले १० कित्ता पाउने छन् भने बाँकि ७ जना भाग्यमानीले ११–११ कित्ता पाउने भएका छन् । यसरी कम्पनीको आईपीओमा ९८ प्रतिशत बढि लगानीकर्ताको हात रित्तो हुने देखिएको छ ।

बाँडफाँड पश्चात आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://iporesult.cdsc.com.np/

https://nmbcl.com.np/shareallotment

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)


प्रतिक्रिया दिनुहोस्