निर्यात बढेर दोब्बर, तर आयात ह्वात्तै चुलिएपछि ब्यापार घाटाले बनायो नयाँ रेकर्ड « Arthapath.com
८ मंसिर २०७८, बुधबार

निर्यात बढेर दोब्बर, तर आयात ह्वात्तै चुलिएपछि ब्यापार घाटाले बनायो नयाँ रेकर्ड



काठमाडौं । आर्थिक वर्ष २०७८\७९ मा निर्यात दुई गुणाले बढेको छ । गत आर्थिक बर्षको चार महिनालाई तुलना गरेर हेर्दा दुई गुणा निर्यात बढेको हो । भन्सार विभागको तथ्याकंअनुसार चालु आर्थिक बर्षमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सो १०४.२९ प्रतिशत रहेको छ । गत आवमा भने सोही अवधीमा ४० अर्ब २० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । यो गत आर्थिक बर्षको साउन देखि कार्तिक सम्मलाई तुलना गर्दा ५१ प्रतिशतले बढी निर्यात भएको विभागको तथ्याकंले देखाउँछ ।

तेल, धागो र कपडाको निर्यात सबै भन्दा बढी
निर्यात बढ्नुमा भटमासको तेल, धागो, कपडा र पाम आयल तेलको ठूलो योगदान देखिन्छ । भारतले नेपालमाथि पाम आयलमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि पाम आयलको निर्यात बढ्न थालेको छ । विदेशबाट कच्चा पाम आयल र कच्चा भटमासको तेल ल्याएर त्यसलाई प्रशोधन गरिरहेको तथ्यांकले देखाउँछ ।


चालु आवको कार्तिक सम्ममा २६ अर्ब रुपैयाँभन्दा बढी भटमासको तेल निर्यात भएको छ । ११ अर्ब रुपैयाँको पाम आयल निर्यात भएको छ । नेपालबाट प्रशोधित तेल भारततर्फ निर्यात हुने गरेको छ । भने धागो र कपडा ३ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको तथ्याकं विभागले देखाएको छ । ठूलो मात्रामा तेल निकासी गरिरहेको नेपालले खाद्यान्नमा भने भारतकै भर पर्नु परेको तथ्यांकले देखाउँछ । चामल, मकै, धान जस्ता खाद्यान्न नेपालले उल्लेख्य मात्रामा आयात गरेको छ ।


नेपालले चालु आवको चार महिनामा ६ खर्ब ५० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको चार महिनाको तुलनामा घटेको हो । गत आवको कार्तिक सम्ममा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबर वस्तु आयात गरेको थियो । जुन २ खर्बले आयात घटेको छ ।

व्यापार घाटामा बृद्धि
गत आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँमा रहेको व्यापार घाटा यो वर्ष बढेर ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जुन २ खर्ब, ५ अर्ब रुपैयाँले बढी हो । त्यस्तै कुल वैदेशिक व्यापार पनि गत बर्षको चार महिनासंग तुलना गरेर हेर्दा बढेको नै देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्