नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफा ८३.४३ प्रतिशत बढ्यो, ईपीएस ८३.६७ रुपैयाँ « Arthapath.com
१७ माघ २०७८, सोमबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफा ८३.४३ प्रतिशत बढ्यो, ईपीएस ८३.६७ रुपैयाँ



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ८३.४३ प्रतिशत बढेर २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४१ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद व्याज आम्दानी ७२.२१ प्रतिशतले बढेर ४४ करोड ४० लाख ६५ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८३.४३ प्रतिशत बढेर ३९ करोड ६ लाख ४० हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड २९ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ५५ प्रतिशत बढेर ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ४१.८८ प्रतिशत बढेर ५९ करोड ४१ लाख ३ हजार रुपैयाँ, निक्षेप ३५.२ प्रतिशत बढेर २ अर्ब ८४ करोड ८९ लाख ११ हजार रुपैयाँ र कर्जा ३७.६१ प्रतिशत बढेर १० अर्ब २२ करोड ९४ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८३ रुपैयाँ ६७ पैसा, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२.३३ गुणा रहेको छ । लघुवित्तको खराव कर्जा २.९५ प्रतिशत र कस्ट अफ फण्ड ७.३९ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्