फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १०३.५८ प्रतिशत उछाल, ईपीएस ५६.५४ रुपैयाँ बढ्यो « Arthapath.com
१७ माघ २०७८, सोमबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १०३.५८ प्रतिशत उछाल, ईपीएस ५६.५४ रुपैयाँ बढ्यो



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १०३.५८ प्रतिशत बढेर ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २२.७३ प्रतिशत बढेर ७३ करोड ८२ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६० करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १००.२९ प्रपितशत बढेर ७० करोड ८२ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ३५ लाख ९६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ, जगेडा कोष ५५.८७ प्रतिशत बढेर १ अर्ब ७१ करोड ९० लाख ३० हजार रुपैयाँ, निक्षेप १८.४७ प्रतिशत बढेर ७ अर्ब ३३ करोड २२ लाख ४३ हजार रुपैयाँ, कर्जा ३९.५३ प्रतिशत बढेर १९ अर्ब ६२ करोड ८३ लाख ३२ हजार रुपैयाँ र सापटि रकम १८.३८ प्रतिशत बढेर १० अर्ब ३८ करोड ४३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ५४ पैसा बढेर १४६ रुपैयाँ ४६ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ ९३ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९२ गुणा रहेको छ । लघुवित्तको खराव कर्जा २.११ प्रतिशत र कस्ट अफ फण्ड ८.४४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्