दोस्रो त्रैमासमा सिभिल लघुवित्तको छलाङ, नाफा ३६.८७ प्रतिशत बढ्दा ईपीएस कति छ ? « Arthapath.com
१७ माघ २०७८, सोमबार

दोस्रो त्रैमासमा सिभिल लघुवित्तको छलाङ, नाफा ३६.८७ प्रतिशत बढ्दा ईपीएस कति छ ?



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३६.८७ प्रतिशत बढेर ३ करोड ७५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ७४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ६७.६१ प्रतिशत बढेर ११ करोड ८४ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ४०.१६ प्रतिशत बढेर ५ करोड ६९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ६ लाख ४० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २३.१६ प्रतिशत बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष २ प्रतिशत बढेर १० करोड ८० लाख ४१ हजार रुपैयाँ, निक्षेप ६९.०७ प्रतिशत बढेर ८४ करोड १४ लाख ८ हजार रुपैयाँ, कर्जा १०१.६६ प्रतिशत बढेर ३ अर्ब ६९ करोड ४५ लाख २ हजार रुपैयाँ र सापटि ११७.६० प्रतिशत बढेर २ अर्ब ४७ करोड १५ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २६ रुपैयाँ ०५ पैसा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.०२ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा १.३३ प्रतिशत र कस्ट अफ फण्ड ८.२७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्