एनएमबि लघुवित्तको नाफा ५.८५ प्रतिशत घटेसँगै प्रतिशेयर आम्दानीमा समेत गिरावट « Arthapath.com
१८ माघ २०७८, मंगलवार

एनएमबि लघुवित्तको नाफा ५.८५ प्रतिशत घटेसँगै प्रतिशेयर आम्दानीमा समेत गिरावट



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५.८५ प्रतिशत घटेर ७ करोड २५ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ७० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १०.२२ प्रतिशत बढेर २३ करोड १६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड १ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ५.४० प्रतिशत घटेर ११ करोड ५३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १२ करोड १९ लाख ८२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेर ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष २८.८१ प्रतिशत बढेर ३१ करोड ३३ लाख ८८ हजार रुपैयाँ, निक्षेप १२.८२ प्रतिशत बढेर १ अर्ब ८९ करोड ३४ लाख २२ हजार रुपैयाँ, कर्जा १३.५९ प्रतिशत बढेर ५ अर्ब ६६ करोड ५१ लाख ८० हजार रुपैयाँ र सापटि रकम १३.८७ प्रतिशत बढेर ३ अर्ब ७ करोड ८४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४० पैसाले घटेर २२ रुपैयाँ १३ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५३ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा छ मूल्य आम्दानी अनुपात ५४.२२ रुपैयाँ रहेको छ । लघुवित्तको खराव कर्जा ४.०७ प्रतिशत र कस्ट अफ फण्ड ७.२२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्