नेरुडे लघुवित्तको नाफा ७७.३२ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी ४३.८७ रुपैयाँ, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२० माघ २०७८, बिहीबार

नेरुडे लघुवित्तको नाफा ७७.३२ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी ४३.८७ रुपैयाँ, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७७.३२ प्रतिशत बढेर १३ करोड १६ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सेही अवधिमा लघुवित्तले ७ करोड ४२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३५.७० प्रतिशत बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ८० लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको लघुवित्तको सञ्चालन नाफा ११.२८ प्रतिशत घटेर १० करोड ४५ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नाफा ११ करोड ७८ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३१.२१ प्रतिशत बढेर ६० करोड रुपैयाँ, जगेडा कोष ११.३५ प्रतिशत बढेर ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ, निक्षेप २०.९३ प्रतिशत बढेर २ अर्ब ९६ करोड ८६ लाख ६५ हजार रुपैयाँ, कर्जा ३५.७७ प्रतिशत बढेर ९ अर्ब ४६ करोड ८५ लाख १२ हजार रुपैयाँ र सापटि रकम ४५.८९ प्रतिशत बढेर ४ अर्ब ९२ करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा बढेर ४३ रुपैयाँ ८७ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४६ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.०६ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ४.६८ प्रतिशत र कस्ट अफ फण्ड ८.१२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्