इष्टर्न हाइड्रोपावरको आईपीओ असोज २८ गतेदेखि निष्काशन हुने, कहिलेसम्म आवेदन दिने ? « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

इष्टर्न हाइड्रोपावरको आईपीओ असोज २८ गतेदेखि निष्काशन हुने, कहिलेसम्म आवेदन दिने ?



काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आउँदो असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन थियो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्तासहित ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

सोमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २१३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्तामा आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक १ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा कात्तिक १४ गतेसम्म दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्