३२ लाख कित्ताको आईपीओ भर्न छुटाउनुभयो कि ? नजिकियो आवेदन दिने अन्तिम मिति « Arthapath.com
२० आश्विन २०७९, बिहीबार

३२ लाख कित्ताको आईपीओ भर्न छुटाउनुभयो कि ? नजिकियो आवेदन दिने अन्तिम मिति



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मिति नजिकिएको छ । कम्पनीको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनी गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशित कुल सेयर आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्