नयाँ ब्रोकर लाइसेन्सको सिफारिस माग्दै चार दर्जन कम्पनी नेप्सेमा दर्ता, क–कसले दिए आवेदन ?
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सकाको सिफारिस माग्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा करिब चार दर्जन कम्पनीहरु दर्ता भएका छन् ।
नेप्सेका सूचाना अधिकारी मुराहरि पराजुलीका अनुसार आवेदन दिने अन्तिम दिनसम्म ४५ वटा कम्पनीहरु कम्पनीहरु ब्रोकर लाइलेन्सको सिफारिसका लागि दर्ता भएका हुन् ।
ब्रोकर लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डले गत असोज २ गतेदेखि ३० दिने म्याद राखेर आवेदन खुला गरेको थियो ।
आवेदन दिनेमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, कलश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, एन.एम.बी सेक्युरिटिज, के.बि.एल.सेक्युरिटिज, प्रोपर्टी विजार्ड, शेयरप्रो सेक्युरिटिज, माछापुच्छ«े एनआईसी एशिया, सन सेक्युरिटिज, पाहि ईन्भेष्टमेन्ट, मियो सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस रहेका छन् ।
यस्तै, ईन्फिनिटी सेक्युरिटिज, ईन्डेक्स सेक्युरिटिज, जे.बि.एन.एल.सेक्युरिटिज, प्रभु स्टक मार्केट क्यापिटल, आर.बी.बि.सेक्युरिटिज, एस.पि.एस.ए.सेक्युरिटिज, नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज , हिमालयन सेक्युरिटिज, क्यापिटल हब, गरिमा सेक्युरिट, स्टक्स्कार्टस् सेक्युरिटिज, हातेमालो फाईनान्सियल सर्भिसेज, सि.बि.आई.एल.सेक्युरिटिज, ईगल स्टक ईक्युट, सनराईज सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, सजिलो ब्रोकर, मिल्की वे सेयर ब्रोकर कम्पनीले आवेदन दिएका हुन् ।
त्यसैगरि ब्लुचिप सेक्युरिटिज, बेनी सेक्युरिटिज, रोडसो सेक्युरिटिज, सिजी ईन्भेष्टमेन्ट से.लि., म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि., मनि वल्र्ड शेयर एक्सचेन्ज, सेन्चुरी सेक्युरिटिज, एप्पल सेक्युरिटिजले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्दै नेप्सेमा दर्ता भएका हुन् ।
नयाँ ब्रोकर कम्पनी खोल्नको लागि बोर्डमा आवेदन पेश गर्नु अघि नेप्सेको सिफारिस लिनुपर्ने व्यवस्था बोर्डद्वारा जारी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०७९ गरेको छ ।
निवेदकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्नगरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्नेछ । बोर्डले तोकिएको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिने जनाएको छ ।
बोर्डले धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको हो ।


















