जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा : ७३ प्रतिशत बोनस दिने, नगद कति ? « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा : ७३ प्रतिशत बोनस दिने, नगद कति ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्