एक दिनमै बैंकहरुको निक्षेप ३ अर्बले बढ्यो: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ? « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

एक दिनमै बैंकहरुको निक्षेप ३ अर्बले बढ्यो: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकदिनमै ४ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

कात्तिक १६ गते निक्षेप बढेर ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको निक्षेप कात्तिक १७ गते भने ५१ खर्ब ५७ अर्ब पुगेको हो । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । कात्तिक १६ गते बुधवार ४७ खर्ब ५५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह बिहीबार पनि सोही नै कायम भएको हो ।

यस्तै, वाणिज्य बैंकहरुमा पनि निक्षेप वृद्धि भएको छ । उक्त अवधिमा बैंकहरुको निक्षेप ३ अर्बले वृद्धि भई ४५ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले कात्तिक १६ गते भने ४५ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर रहेको छ । कात्तिक १६ गते ४५ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त अवधिमा भने बैंकहरुको सीडी रेसियो घटेर ८७.१३ प्रतिशत रहेको छ । कात्तिक १६ गते भने ८७.१८ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्